शेयर बजारमा भारी गिरावट, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लगानीकर्ता निरुत्साहित

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । साताको पहिलो शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसुचक ६० दशमलव ८८ अंकको गिरावट आएको छ ।

आइतबार नेप्से परिसुचक २ दशमलव ७९ प्रतिशतले घटेर २१२१ दशमलव ७५ को विन्दुमा रोकिएको छ ।

नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ९९ अंकले ओरालो लागेको छ ।

आज भएका ५१ हजार २ सय २६ कारोबारबाट २५३ कम्पनीका ८१ लाख ३९ हजार ८ सय ४० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ४ करोड ७७ लाख ३९ लाख ८ सय १२ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150