प्रभु इन्स्योरेन्सको साधारणसभा फागुन २३ गते, के–के छन् एजेण्डा ?
वि.सं.२०७९ माघ २९ आइतवार १५:२६
shares

काठमाडौं, २९ माघ । प्रभु इन्स्योरेन्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा फागुन २३ गते गर्ने भएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले गत असार ३२ गते अजोड इन्सुरेन्ससँग मर्जरका लागि सम्झौता गरेपनि अन्तिम समयमा आएर रद्द भएको थियो । मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।
त्यस्तै यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।








