घट्यो शेयर बजार, आज ७ अंकको गिरावट

1.7K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ माघ । हिजो ७६ अंकले बढेको शेयर बजार आज ७ दशमलव १३ अंकले घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ प्रतिशतले घटेर २,१७० दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ ।

आज दिनभरिमा २५७ कम्पनीको १ करोड ५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपि पावरको १० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150