राष्ट्रियसभाको उप निर्वाचनमा एमालेका दसौंदी विजयी
वि.सं.२०७९ माघ २५ बुधवार १६:५६
shares

काठमाडौं, २५ माघ । लुम्बिनी प्रदेश तर्फको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् । बुधबार भएको उप चुनावमा एमालेका दसौंदी ४ हजार २६ मतभार सहित विजयी भएका हुन् ।
उप चुनावमा नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवरा थिए । कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार उपनिर्वाचन भएको थियो ।








