शेयर बजारमा हरियाली कायमै, बजार परिसूचक २०६३ विन्दुमा
वि.सं.२०७९ पुस १८ सोमवार १५:२७
shares

काठमाडौं, १८ पुस । शेयर बजार कारोबार आज (सोमबार) पनि बढेको छ । कारोबार हुने हप्ताको दोस्रो दिन शेयर बजार परिसूचक १७ दशमल ५६ अंकले बढेको हो ।
सोमबार २५३ वटा कम्पनीको ८२ लाख ७१ हजार ३५५ शेयर कारोबारबाट २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार १७ अंकले बढेको थियो । पछिल्लो समय लगातार रुपमा बढीरहेको शेयर बजार परिसूचक २०६३ दशमलव ८२ विन्दुमा पुगेको छ ।
सोमबार क वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले बढेर ३९४ दशमलव ८९ विन्दुमा पुगेको छ ।








