एक हजार चार सयले बढ्यो सुनको मूल्य , कति छ बजार भाउ ?
वि.सं.२०७९ कात्तिक २० आइतवार १२:०१
2.18K
shares
shares

काठमाडौँ, २० कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय निर्धारण गरिएको छ ।
शुक्रबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।








