एनआईसी एशिया बैंकमा जागिर खुल्यो

1.71K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आइतवार सूचना प्रकाशन गरी डेटा साइन्टिस्ट, बिजनेस एनालिस्ट, डेटा भिजुअललाइजेशन एन्ड रिपोर्ट डेभलपर, डेटा इन्जिनियर र डेटा प्याटफर्म एडमिनिस्ट्रेशन पदमा दरखास्त खुलाएको हो ।

बैंकले यी सबै पदमा केही संख्यामा कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । यी पदमा आवेदन दिनका लागि स्नातकदेखि स्नातकोत्तरसम्मको योग्यता र सम्बन्धित क्षेत्रमा ५ देखि १० वर्षसम्मको अनुभव मागिएको छ । स्नातक उत्तीर्ण गरेकालाई १० वर्ष र स्नातकोत्तर उत्तीर्ण गरेकालाई ५ वर्षको अनुभव माग गरेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनसम्ममा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150