इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

3.02K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ कात्तिक । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको शेयरमा आवेदन नपरेको शेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता शेयर शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।


Krishi Bikas Bank
franklin 1200*150