नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अर्थात कात्तिक १७ गते बिहीवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले २०७७/ ७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ८ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा बीरगञ्ज, पर्सामा बिहान ९ बजे शुरु हुने छ ।


Krishi Bikas Bank
franklin 1200*150