प्रधानमन्त्रीको निर्देशन पछि राहदानी विभागले भन्यो ‘सेवा चुस्तदुरुस्त बनाउँछौ’

1.36K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । राहदानी विभागले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने विषय चुस्तदुरुस्त बनाउनका लागि प्रक्रिाय अघि बढाउने बताएका छन् । पुस १७ गतेदेखि रोकिएको विद्युतीय राहदानी प्रमाणिकरणको कार्य अहिले सुचारु भएको भन्दै यसका लागि सेवालाई चुस्तदुरुस्त बनाउन जानकारी दिएको हो ।

विभागले आइतबार सूचना जारी गरेर राहदानी बनेको जानकारी मोबाइलको म्यासेजमा प्राप्त भएपछि लिन आउनका लागि पनि आग्रह गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार अहिले देखिएको समस्या समाधानका लागि काम गर्ने सूचनामा जनाइएको छ । प्राविधिक कारणले समस्या भएको प्रति विभाग क्षमाप्रार्थि छ, अब सेवा सहज रुपमा प्रदान गर्ने विषयमा लागिरहने प्रवक्ता सापकोटाको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150