अन्तराष्ट्रिय बाग्लुङ समाजको प्रमुख संरक्षकमा शर्मा
वि.सं.२०७९ पुस २४ आइतवार १८:५१
shares

काठमाडौं, २४ पुस । अन्तराष्ट्रिय बाग्लुङ समाजको प्रमुख संरक्षकमा गंगा शर्मा चयन भएका छन् । लामो समयदेखि बेल्जियममा बस्दै आएका शर्मालाई समाजले आफ्नो प्रमुख संरक्षकमा चयन गरेको हो ।
बाग्लुङ समाज बेल्जियमका पूर्व अध्यक्ष तथा निवर्तमान संरक्षक समेत रहेका शर्मालाई जमाजको बैठकले सर्वसम्मत प्रमुख संरक्षक चयन गरेको हो । २५ वर्षदेखि बेल्जियमा बसोबास गरिरहेका शर्मा हाल गैर आवासिए नेपाली संघ (एनआरएनए) का अन्तराष्ट्रिय परिषद सदस्य समेत हुन् ।
शर्मासँगै संस्थाको संरक्षकहरुमा कतारबाट संस्थाका सस्थापक अध्यक्ष तथा निवर्तमान संरक्षक होमनाथ शर्मा, बेलायतबाट निवर्तमान संरक्षक महेन्द्र केसी, स्पेनबाट संस्थाका निवर्तमान अध्यक्ष एकराज गिरी, संस्थाका निवर्तमान उपाध्यक्ष रमेश भट्ट र क्यानडाबाट सल्लाहकार दुर्गा बहादुर अघिकारीलाई संरक्षक चयन गरिएको छ ।
कार्य समितिमा रिक्त रहेका सदस्यमा पद पूर्ति गर्ने निर्णय बमोजिम फ्रान्सबाट ज्योति अधिकारीलाई कार्यसमितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै अधिवेशनको समयमा युरोप संयोजकमा उम्मेदवारी दिएका दुई जनामध्ये डेनमार्कका जयलाल न्यौपानेलाई युरोप संयोजक र माल्टाका संयोजक हेमराज शर्मालाई संस्थाको सहकोषाध्यक्षमा मनोनय गर्ने निर्णय समेत गरेको छ । त्यस्तै जापानबाट महिला सचिव र एक सदस्य, त्यस्तै अमेरिका, बहराईन, आईल्याण्ड, युएई र स्पेनबाट एक एक जना सदस्य थप्ने जसको लागी संम्बन्धित देशबाट नाम आए पछि सार्वजनिक गर्ने निर्णय समेत भयो । यसका साथै अन्य बांकी मनोनित सदस्यहरू भुगोल र समावेशी समेट्ने गरी थप्ने निर्णय भएको अध्यक्ष शर्माले जानकारी दिए ।
सल्लाहकारहरुमा हरेक देशमा गठित बागलुङ समाजबाट हाललाई १÷१ जना सल्लाहकार माग्ने निर्णय भएको बताइएको छ । अध्यक्षले मनोनयन गर्ने प्रवक्तामा जापान बस्ने संस्थाका निवर्तमान प्रवक्ता राजविन थापालाई नियुक्त गर्ने निर्णय बैठकले गर्यो ।
त्यसै बैठकले विधान संसोधन समितिको संयोजकमा संस्थाका सचिव अशोक शर्मा, टेलिमेडिसिन विस्तार संयोजकमा उपाध्यक्ष दिपक गौतम, वेभसाइड डिजाईन संयोजकमा सदस्य ज्योति अधिकारी, अन्तराष्ट्रिय बाग्लुङ सेवा समाज–नेपाल समुह गठनको संयोजकमा उपाध्यक्ष सुमन बिष्ट र उक्त नेपाल समुहमा बढीमा ५ सदस्य रहने निर्णय भएको छ ।
त्यसै गरी कार्यालय व्यवस्थापन्, कृषि सहकारी एवं संस्थालाई सहयोग हुने गरी गरिने सामुहिक लगानी तथा व्यवस्थापन सन्बन्धि कार्यक्रम संयोजकमा कोषाध्यक्ष दिपेन्द्र आचार्य, संगठन विस्तारको संयोजकमा सम्पर्ण क्षेत्रिय संयोजकहरूको संयोजकत्वमा महादेशियमा रहेका उपाध्यक्ष र राष्ट्रिय समतिका अध्यक्षहरू सहितको टिमले गर्ने उक्त कामको रिपोर्टिङ कार्यसमितिमा क्षेत्रिय संयोजकहरूले गर्नु पर्ने निर्णय समेत बैठकले गरेको छ ।
त्यस्तै खेलकुद संयोजकमा बाग्लुङ सेवा समाज कतारका अध्यक्ष सन्तोष पौडेल र स्पेनका अध्यक्ष राजु थापा, सास्कृतिक संयोजकमा संस्थाका सचिव नवराज पन्त (दोश्रो बैठकमा कार्ययोजना तथा खाका प्रस्तुत गर्नु पर्ने गरी), शिक्षा क्षेत्रमा उपाध्यक्ष भीमकमल केसी ( दोस्रो बैठकमा शिक्षामा के गर्न सकिन्छ भनेर योजना प्रस्तुत गर्ने गरी), स्वास्थ क्षेत्रको संयोजकमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बैदेशिक रोजगार (सुचना तथा सम्पर्क) मा उपाध्यक्ष चन्द्र कान्त शर्मा (दोस्रो बैठकमा योजना ल्याउने गरी) जिम्मेवारी दिइएको छ ।
बाग्लुङ जिल्लामा रहेको गरिब तथा विपन्न परिवारलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउने गरी न्यूनतम ५० लाख रुपैयाँ बराबरको परोपकारी अध्यक्षकोष समेत स्थापन गर्ने निर्णय बैठकल गरेको छ । त्यस्तै कानुनी सल्लाहकारका रुपमा अधिवक्ता बलराम शर्मालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । त्यस्तै मध्यपुर्वमा खाली रहेको एक जना क्षेत्रिय संयोजकमा सम्बन्धित महादेशका राष्ट्रिय समितिसँग छलफल गरी सिफारिस अनुसार संयोजक मनोनयन गर्ने गरी निर्णय गरिएको छ ।








