प्रधानमन्त्री दौडको सेमिफाइनलमै रोकिए गगन !

2.1K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आइतबार मात्रै सकियो । यो पटकको विश्वकपको उपाधि छिनोफानो लागिसकेको अवस्थामा अब नेपालमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा सुरु भएको छ । प्रधानमन्त्रीका आकाक्षांहरु धेरै रहेको अवस्थामा कसले बहुमत कायम गर्न सक्छ भन्ने विषयले अहिले अहिले चर्चा पाइराखेको अवस्था छ ।

सबै राजनीतिक दलहरुले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको अवस्थामा नेपाली कांग्रेसले भने चुनाव नै गर्‍यो । जसमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विजयी भए । उनले पार्टीका महामन्त्री गगन कुमार थापालाई पराजित गरे ।

गगन कुमार थापाले चुनाव अघि देखिनै भावि प्रधानमन्त्री आफू भएको बताउँदै आएका थिए । तर उनको त्यो दाबीलाई देउवाले निस्तेज पारिदिए । संसदीय दलको नेतामा पराजितभएसँगै थापा तत्कालाई प्रधानमन्त्री बन्ने रिङबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री बन्नका लागि कुनै पनि दलको संसदीय दलको नेता बन्नु भनेको प्रधानमन्त्रीका लागि फाइनलमा पुग्नु सरह हो । यसरी हेर्दा गगन थापा सेमिफाइनमा पराजित भएका छन् । उनले प्रधानमन्त्रीका लागि प्रतिपस्र्धा गर्नु अघि आम चुनाव जितेर सेमिफाइनका लागि स्थान सुरक्षित गरेका थिए । युवाले नेतृत्व गर्नु पर्छ र बुढाहरुले सल्ला दिनु पर्ने आवज उठाइरहेको अवस्थमा आफूभन्दा करिब दोब्बर बढी उमेरका देउवासँग पराजित भए पछि अहिले सामाजिक सञ्जालमा समेत विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।

चुनाव अघिनै थापाले आफू संसदीय दलको नेतामा विजयी भएर सरकारको नेतृत्व गर्ने बताउने गरेका थिए । तर बुधबार भएको संसदीय दलको नेताको चुनावमा भने उनी प्रधानमन्त्री समेत रहेको पार्टी सभापति शेरबहादुर देवासगँ नराम्रोसग पराजित भए ।

प्रधानमन्त्रीको दौडमा रहँदा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै प्रधानमन्त्रीको लागि सेमिफाइनमा पुगेको थापाको यात्रामा देउवाले पूर्ण विराम लगाइदिएका हुन् । अब उनी तत्काल प्रधानमन्त्रीको दौडमा रहेने छैनन् ।

यस अघि नै कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले थापाको घोषणालाई बेमौसमको बाजाको संज्ञा दिएका थिए । थापाले संसदीय दलको निर्वाचनमा २५ मत पाए । जबकी यस अघि उनको पक्षमा खुलेका सांसदको संख्या नै ३१ रहेको थियो । नेतृत्व रुपान्तरणको माग गरिरहेका युवाहरुले साथ दिदा उनले केही संख्यामा मत बढाउन सक्ने आंकलन गरिएको थियो । तर उनले आफ्नै समूहका सांसदको समेत मत पाउन सकेनन् । जुन आफैमा अनपेक्षित हो ।

राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैनन् । यो अवस्थामा उनी संसदीय दलको नेतामा पराजित भए पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना भने कायम नै रहन्छ । किन भने यस अघि पनि धेरै व्यक्तिहरु संसदीय दलको नेता नभएरै प्रधानमन्त्री बनेको इतिहास हाम्रा सामु छ ।


Krishi Bikas Bank
franklin 1200*150