सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ पुस ६ बुधवार ११:५४
1.42K
shares
shares

काठमाडौं, ६ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि बिक्री गर्ने भएको छ ।
कम्पनीले ४ हजार ३८३ कित्ता संस्थापक शेयर राष्ट्र बैंकको निर्देशन अनुसार पहिला संस्थापकहरुलाई बिक्री खुला गरी सो अवधिमा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।
यो शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।








