काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापा विजयी
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:४६
shares
फाइल फोटो
काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा निर्वाचित भएका छन् । उनले एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन् ।
प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।
चुनाव अघि नै आगामी प्रधानमन्त्री आफूनै हुने बताउँदै आएका उनलाई प्रधानमन्त्री बन्नका लागि यो क्षेत्रमा मतदाताले अनुमोदन गरेका छन् । मत परिणाम आएसँग संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाइ छ ।
पार्टीको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएका कारण उनी अब संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने बाटोका कसरी अघि बढ्छन् त्यो भने केही दिनमा जानकारी हुने नै छ ।








