लुम्बिनी विकास बैंकले गर्यो १२ प्रतिशत लाभांश घोषणा
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:५२
1.58K
shares
shares

काठमाडौं, ६ मंसिर । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको मंसिर २ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीबाट ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण बैंकले नेप्से मार्फत जानकारी दिएको छ ।








