वरिष्ठ पत्रकार बरालले तयार पारे ‘कैफियत’

1.79K
shares
Krishi Bikas Bank

काठमाडौं, १५ कात्तिक । वरिष्ठ पत्रकार भवानी बरालले ‘कैफियत’ नामक पुस्तक बजारमा ल्याउने भएका छन् । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका बरालले लेखेको कैफियत पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको हो ।

लेखक बरालका अनुसार पुस्तलक लेखनको काम सकिएर प्रेसमा पुगेको छ । ‘पुस्तकको डिजाइनको काम पनि लगभग सकिएको छ’ लेखक बरालले भने, ‘अब प्रकाशकले केही दिनभित्रै पुस्तक बजारमा पु¥याउनेमा विस्वस्त छु ।’

पुस्तकमा समसामयिक नेपाली राजनीतीमा देखिएका घटनाक्रमहरुका विषयमा उल्लेख गरिएको बरालको भनाइ छ । नेपालको राष्ट्रिय राजनीतिमा गएको २०७७ साल यता उथुल–पुथुलका विषयहरु पुस्तमा समेटिएका छन् । त्यसमा पनि खासगरी बाम गठबन्धन बनेपछि गठीत सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री र नेकपा (नेकपा) को अध्यक्ष बने यता राष्ट्रिय राजनीतिमा आएको अन्योल अझै साम्य हुने छाँटकाँट छैन ।

ओलीको उदयकै कारण अन्योलको भूमरीमा परेको मुलुकको उद्धार आजको आवश्यकता हो भन्ने कुरा पुस्तकमा आलेहरुमार्फत देखाउन खोजिएको छ । यिनै समय कालखण्डमा लेखिएका यी संकलित स्तम्भहरु हुन । विसं ०७७ सालदेखि ०७९ सालका सुरुवाती महिनासम्मका राजनैतिक घटनाक्रमका आधारमा लेखिएका आलेहरुको यो पुस्तकमा समावेश गरिएको लेखक बरालले बताए ।

पुस्तकमा अढाइ वर्षको अवधिमा विद्युतिय माध्याममा प्रकाशन भएका लेखहरुलाई अभिलेख रहोस र राजनैतिक, आर्थिक, सामाजिक विकासका आगामि सन्दर्भका रुपमा प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले प्रकाशन गरिएको छ । चार खण्डहरु रहेको पुस्तकमा पहिलो खण्ड अन्तरगत समसामयिक राजनीतिमा विमर्स गर्ने प्रयत्न गरिएको छ । दोस्रो खण्डमा अर्थ तथा अन्तराष्ट्र सम्बन्धका विषयमा तत्कालीन विषयका सन्दर्भहरु समेटिएका छ । तेस्रो खण्ड साहित्य विधामार्फत राजनीति र संस्कृतिलाई उजिल्याउने कोसीस गरिएको छ । साहित्यको व्यंग्य विधामार्फत घोचपेच समेत गरिएको छ । चौथो खण्डमा ओझेलमा परेका केहि व्यक्तिको जिवनचर्याको परिचर्चा छ । यी सबै खण्डहरुमा प्रस्तुत रचनाहरु अघिल्लो वर्षहरुबाट सुरु भएर पछिल्ला वर्षहरुमा क्रमसः मितीसहीत राखिएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150