अमेरिकी डलरसँग नेपाली रुपैयाँ थप कमजोर, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ चैत ७ मंगलवार १०:४५
shares

काठमाडौं, ७ चैत । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अघिल्लो दिनको भन्दा सामान्य रुपमा डलरको मूल्य बढेको हो ।
अघिल्लो दिन १३१ रुपैयाँ ७८ पैसामा कारोबार भएको डलरको मूल्य आज १३१ रुपैयाँ ९२ पैसा खरिद दर तोकिएको छ । त्यस्तै अघिल्लो दिन १३२ रुपैयाँ ३९ पैसा बिक्रीदर तोकिएको डलरको मूल्य १३२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै पाउण्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेकोे छ । अमेरिकी डलरको मूल्य बढ्दा नेपाल जस्तो आयात मुखि अर्थतन्त्र भएको मुलुकका लागि ठूला आर्थिक भार पर्ने अर्थविद्हरुको भनाइ छ । निर्यातमुखि अर्थतन्त्र भएको मुलुकले मात्रै यो अवस्थामा फाइदा लिन सक्ने अवस्था रहन्छ । नेपालले विदेशी राष्ट्रसँग लिएको ऋणको तिर्नु पर्ने साँवा र ब्याजमा समेत डलरको मूल्य बढ्दा ठूलो प्रभाव पर्छ ।








