सूनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ चैत । नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा बढीरहेको छ । मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन ७०० रुपैयाँले घटेको सुनको मूल्यमा पुनः वृद्धि भएको हो । मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ लाख ८ हजार ८०० रुपैयाँ रहेको तेजावि सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएर १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८१.८६ र चाँदी प्रतिऔंस २२.५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150