साहित्यिक पत्रकार संघद्धारा लक्ष्मण र बिमल सम्मानित, पारस र रोयल पुरस्कृत

1.9K
shares
Krishi Bikas Bank

काठमाडौं, १ चैत । साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघ स्थापना भएको ५० वर्षको अबवरमा चार जना सम्पादकलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

संघले गत साउनबाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सब मनाईँदै आएको छ । स्वर्ण महोत्सबको अबसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको हो । संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरुमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन् । यस्तै पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर)मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पुर्‍याएको भन्दै त्रिभुवन विश्व विधालय किर्तिपुरका प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सब सम्पादन बिशिष्ट सम्मान,२०७९’बाट सम्मानित गरिएको हो ।

यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सब सम्पादन बिशिष्ट सम्मान २०७९’ बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहेका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दाबढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १०० रुपैयाँ सहितको ‘सापस स्वर्ण महोत्सब सम्पादन पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो ।

यसैगरी एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय रोयल आचार्यले करिब एक दर्जन  कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वर्ण महोत्सब सम्पादन युवा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो । नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफुहरुले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी दिए ।

नेपाली कृतिहरुलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले बताए । कृति सम्पादकहरु जहिले पनि छायाँमा पर्नेहुँदा उनीहरुको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रसँसानीय कार्य भएको राईले बताए ।


Krishi Bikas Bank
franklin 1200*150