नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदै : एक सय भन्दा बढि स्टल रहने

1.56K
shares
Krishi Bikas Bank

काठमाडौं, १ चैत । यही चैत १० गतेदेखि काठमाडौंमा नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयोजनमा यहि चैत्र १० देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल फाईभ पि अर्थात प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङ सम्बन्धि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको हो ।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस र फयुचरेक्सद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्लास्टिक प्रोसेसिङ्, मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ्मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ्स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।

प्रर्दशनी सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर विश्भरका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई नेपाली माझ परिचित गराउन सफल हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।


Krishi Bikas Bank
franklin 1200*150