शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा गिरावट

1.7K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । साताको कारोबार हुने तेस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ । अघिल्ला दुई दिनमा लगातार रुपमा ओरोलो लागेको शेयर बजारमा मंगलबार भने झिनो अन्तरले बढेको हो ।

मंगलबार शेयर बजारमा १ दशमवल ८५ अंकले वृद्धि भएको हो । आइतबार र सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । मंगलबारको कारोबार बन्द हुन्दा शेयर बजार कारोकार १९५२ ०६ विन्दुमा पुगेको । मंगलबार २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेचबाट १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार क वर्गको मापक सेन्सेटिभ इन्डेक्स भने ओरोलो लागेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमवल १७ अंकले घटेको हो । मंगलबारको कारोबार बन्द हुन्दा सेन्सेटिभ इन्डेक्स ३६८ दशमलव ३२ विन्दुमा पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150