स्वावलम्बन लघुवित्तको साधारणसभा शुक्रबार, लाभांशको प्रस्ताव पारित गर्ने

1.54K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ फागुन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुदैछ ।

सभा लैनचौर ब्यांक्वेट, काठमाडौंमा उक्त दिन बिहान १०ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ । सभामा १५ प्रतिशत बोनस शेयर र ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (करसहित) सम्बन्धी प्रस्ताव पेश गरिनेछ ।

त्यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल हुनुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावउपर पनि छलफल गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।


Krishi Bikas Bank
franklin 1200*150