युनिलिभर नेपालको नाफा ७७ प्रतिशतले बढ्यो

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । युनिलिभर नेपाल लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७७ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३१ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५५ करोड २५ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीको कुल आम्दानी गत आवको तुलनामा चालू आवमा ३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ अर्ब ७० करोड कुल आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ अर्ब २४ करोड पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ अर्ब ३३ करोड सञ्चिती गरेको छ । गत आवमा भने कम्पनीको जगेडामा रू. २ अर्ब ५१ करोड थियो ।

चालू आवमा कम्पनीको कुल खर्च रू. १ अर्ब ५८ करोड रहेको छ । यो खर्च गत आवमा रू. १ अर्ब ३० करोड थियो । त्यस्तै चालू आवमा कम्पनीको रू. ६००,मूल्य आम्दानी अनुपात ९ दशमलव १४ गुणा र प्रतिशेयर नेटवर्थ रू. ३ हजार ७२२ रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150