रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने
वि.सं.२०७९ माघ ४ बुधवार ११:३३
shares

काठमाडौं, ४ माघ । रिडी पावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले रिडी पावर कम्पनीको वोनश शेयर वितरण पश्चात् कायम हुने १,५४,८९,०१२ कित्ता शेयरको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७,४४,५०६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
बिद्युत नियमन आयोगले पूर्व स्वीकृती दिएपछि र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मे.वाट. क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि हकप्रद निष्काशन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।








