‘अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय’

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ पुस । नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गरे ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेशको कृषि तथा पक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्मा गेलालले अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान चारदेखि पाँच प्रतिशत रहेको बताए ।

आर्थिक वर्ष २०७७/७८ अनुसार कृषिजन्य कूल ग्राहस्थ उत्पादनमा पोल्ट्रीले आठ प्रतिशत ओगटेको उनको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै गेलालले अर्थतन्त्रमा बलियो योगदान दिने यस क्षेत्रबाट वार्षिक मासु उत्पादनमा ४३ प्रतिशत क्षेत्र ओगटेको जानकारी दिए ।

उनले भने, “नेपालमा कूल पाँच लाख २० हजार सात सय ४२ मेट्रिकटन मासु उत्पादन हुने गरेकामा पोल्ट्री क्षेत्र (कुखुरा र हाँस) ले दुई लाख २७ हजार चार सय एक मेट्रिकटन मासु उत्पादन गरेको छ ।”

यस्तै गत आर्थिक वर्षमा रु एक अर्ब ४९ करोड ३५ लाख ५० हजार गोटा अण्डा उत्पादन भएको कार्यपत्रमा उल्लेख छ । कार्यक्रममा फिजिसिन डा भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि मासु र अण्डाको महत्वबारे प्रकाश पारेका थिए ।

उनले मानव स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण तत्व अण्डा र कुखुराको मासुमा हुने बताए । बिहान खाजाका रुपमा अण्डाको प्रयोग प्रत्येक दिन गर्नु स्वास्थ्यका लागि फलदायी हुने उनको भनाइ छ । सेतो मासु हप्तामा तीन दिन खानु उपयुक्त हुने उनले जानकारी दिए ।


Krishi Bikas Bank
franklin 1200*150