आइएमईको विजेता बेलीमाया तामाङ्गले जितिन १० लाख

1.38K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ पुस । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख उपहार स्वरुप प्राप्त गरेका थिए ।

मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।


Krishi Bikas Bank
franklin 1200*150