शेयर बजार बढ्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १२ दशमलव ९५ अंकले बढेको छ ।

परिसुचक शुन्य दशमलव ७६ प्रतिशतले बढेर १,८७१ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

सिभिल बैंकको ४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३६ लाखको कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150