शेयर बजार ओरालो लाग्ने क्रम जारी, आज १४ अंकको गिरावट
वि.सं.२०७९ मंसिर २९ बिहीवार १५:२८
1.42K
shares
shares

काठमाडौं, २९ मंसिर । आज साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार घटेको छ । आज नेप्से १४ दशमलव ४८ अंकले घटेको छ ।
बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ७६ प्रतिशतले घटेर १,८८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ अंकले घटेको छ ।
आज दिनभर भएका २२ हजार ३ सय ७४ कारोबारबाट २५४ कम्पनीका ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्या कारोबार रकम १ अर्ब १९ करोड २६ लाख १६ हजार १ सय ८७ पुगेको छ ।








