अपर हेवाखोला हाइड्रोपावरको साधारणसभा पुस २१ गते, केके छन् प्रस्ताव ?

1.31K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउनेछ ।

साथै संस्थापक शेयरधनीहरूबाट चार जना र सर्वसाधारण शेयरधनीहरूबाट दुई जनासमेत गरी ६ जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गरेको छ । बुक कलोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150