जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल

1.26K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज  ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ ।

सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले जनताको दैनिकी, नीति निर्माण र विकाससँग जोडिएका विषयभन्दा पनि कहिलेकाँही सामान्य विषयहरु बढी मात्रामा आउने गरेको टिप्पणी गरे ।

सचिव अर्यालले भने, “संसदमा जनप्रतिनिधिले बोलेका विषयलाई जस्ताको तस्तै दिनुपर्छ, ती विषयलाई धोरै विश्लेषणसहित आम पाठकलाई बुझाउन सक्नुपर्छ, समाचार एक पक्षीय हुनु हुँदैन ।”


Krishi Bikas Bank
franklin 1200*150