सिभिल क्यापिटलको साधारणसभा मंसिर २९ गते, केके छन् एजेण्डा ?
वि.सं.२०७९ मंसिर २ शुक्रवार १२:०६
shares

काठमाडौं, २ मंसिर । सिभिल क्यापिटल मार्केट लिमिटेडले चौधौं वार्षिक साधारणसभा मंसिर २९ गते गर्ने भएको छ ।
सभा सिटिसी मल सुन्धारा काठमाडौंमा बिहान ११ः३० बजे गर्ने जानकारी दिएको हो । सभाले यस क्यापिटल र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूण अख्तियारी प्रदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८०को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।








