दुर्घटनामा एकको मृत्यु
वि.सं.२०७९ कात्तिक २७ आइतवार ११:४४
1.45K
shares
shares

काठमाडौं, २७ कात्तिक । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।








