नेशनल लाइफको साधारणसभा मंसिर १८ गते , लाभांश पारित गर्ने प्रस्ताव

1.56K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । नेशनल लाइफ इन्स्योरेन्सले साधारणसभा गर्ने भएको छ । कम्पनीले मङ्सिर १८ गते आइतबार सभा आह्वान गरेको हो ।

सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी दिएको छ ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्


Krishi Bikas Bank
franklin 1200*150