आशा लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम म्याद

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ कात्तिक । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन कात्तिक २२ गते मंगलवारसम्म रहेको छ ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले कात्तिक २२ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरको मूल्य प्रतिकित्ता रू। ३९५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

आवेदकले शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150