सुनको भाउ घट्यो, चाँदी भने स्थिर
वि.सं.२०७९ कात्तिक २२ मंगलवार ११:३२
1.51K
shares
shares

काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा मंगलवार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १ हजार २६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।








