कर्पाेरेट डेभलपमेन्ट बैंकले कमायो ८५ लाख ७३ हजार नाफा

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कर्पाेरेट डेभलपमेन्ट बैंकको नाफामा उल्लेखीय वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाफा ६४२ दशमलव १२ प्रतिशतले वृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले तीन महीनाको अवधिमा ८५ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महीनामा यो बैंकले ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा वृद्धि भएको भए पनि नाफामा भने वृद्धि भएको छ । बैंकको सञ्चालन नाफामा वृद्धि भएका कारण पनि खुद नाफामा वृद्धि भएको हो । गत वर्षको पहिलो त्रैमासमा यो बैंकको खराब कर्जा ४ दशमलव ६५ प्रतिशत थियो भने चालु वर्षको असोज मसान्तसम्म बढेर ४ दशमलव ६९ प्रतिशत कायम भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन नाफा १६ लाख ५० हजार रुपैयाँ थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त नाफा वृद्धि भएर १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंकले खुद ब्याज आम्दानीबाट तीन महीनाको आवधिमा १ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७७ लाख ६६ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि हुँदा तीन महीनाको अवधिमा बैंकको नाफामा वृद्धि भएको देखिन्छ ।

हाल कर्पारेट डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंकले जगेडा कोषमा १३ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । उक्त अवधिसम्म यो बैंकले ९४ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150