इष्टर्न हाइड्रोपावरको आईपीओ बिहिबार बाँडफाँट हुने

2.54K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओको बाँडफाँट बिहिबार हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले मंगलवार प्रि–अलोटमेन्ट कार्य सम्पन्न गरेको जानकारी दिएको हो । क्यापिटलले उक्त आईपीओको अन्तिम बाँडफाँट कात्तिक १७ गते बिहीवार गर्ने तयारी गरेको छ ।कम्पनीले सर्वसाधारणमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले पहिलो चरणमा ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुरूका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूमा र १३ हजार ४०६ कित्ता कर्मचारीहरूमा बाँडफाँट गरिएको छ । यीबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गर्न लागिएको हो । कम्पनीको शेयर ६२ हजार ३३८ जनाले मात्र प्राप्त गर्नेछन् ।

कम्पनीको शेयर पहिलो चरणमा १० कित्ताका दरले बाँडफाँट गरी बाँकी ९ कित्ता शेयर थप ९ जनालाई एक कित्ताका दरले वितरण हुनेछ । यसरी हेर्दा कम्पनीको शेयर बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि यो पूँजी ६२ करोड पुग्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150