नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका सीईओ शेरचन

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ चैत । नेपाल–रसिया चम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन चयन भएका छन् । चम्बरको साधारण सभाले शेरचनको अध्यक्षमा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचन अध्यक्षमा चयन हुँदा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य चयन भएका छन् । दुई जना उपाध्यक्षमा कुमार कार्की र निमानुरु शेपा चयन भएका छन् । त्यस्तै महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमना श्रेष्ठ चयन भएका छन् । दुई जना सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।

त्यस्तै कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ छन् । अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे चयन भएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150