पम्पमा जाँदा नगद बोक्नु नपर्ने, पेट्रोलियम पदार्थको भुक्तानी डिजिटल माध्यमबाटै

1.54K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ चैत । अहिले पेट्रोल, डिजेलको भुक्तानी अब डिजिटल रुपमा गर्न सकिने भएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माछापुच्छ्रे बैंकसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेनता कार्यक्रम सम्बन्धी सम्झौता गरेसँग अब पेट्रोल पम्पमा पनि क्युआर स्यानको सुविधा हुने भएको हो ।

सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस, क्यूआर लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरेर पेट्रोल, डिजेलको खरिद गर्न पाउने छन् । योसँगै अब पम्पमा जाँदा नगद बोक्नु पर्ने बाध्यता पनि हट्ने विश्वास गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ग्रिन इकोनोमिलाई टेवा पु¥याउने रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको बताए । वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको उनले बताए ।

त्यसैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे । पेट्रोलियम पदार्थको बिक्रि गर्ने बिक्रेता एंव खरिद गर्ने क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसंगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको प्रधानको भनाइ छ ।

सम्झौता पश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गरिने बताइएको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150