नयाँ बीमा ऐन लागू,बीमितिलाई पनि कारबाही हुने
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १५:३६
shares

काठमाडौं, २२ कात्तिक । नयाँ बीमा ऐनले बिमितलाई पनि कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । परम्परागत रुपमा बीमा कम्पनीले मात्रै बदमासि गर्छन भन्ने परिपाटीमा परिवर्तन आएको अवस्थामा बिमितले पनि गलत गर्न सक्ने र उ पनि कारबाहीको भागेदार हुनु पर्ने अध्यक्ष सिलवाले बताएका हुन् ।
यस्तो व्यवस्थाले भोलिका दिनमा बीमाका क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नमा मद्दत पुग्ने अध्यक्ष सिलवालले विश्वास व्यक्त गरे । ‘बिमितहरुको पनि मिलेमतोमा गलत कार्य हुने गरेको हामीले सुनेका छौँ । यसलाई नियन्त्रण गर्नका लागि पनि नयाँ ऐनमा व्यवस्था गरिएको छ,’ उनले भने ।
बीमा गरिसकेपछि भुक्तानीका लागि प्रक्रियामा कसैले जानेर ढीलाई गरेको खण्डमा र बिमितले पनि भएकोभन्दा बढाएर माग गरेको खण्डमा दोषीलाई कारबाही गर्न सक्ने व्यवस्था रहेको छ । पहिले दाबी भुक्तानीका लागि निर्देशन मात्रै दिन पाउने व्यवस्था रहेकाले निर्देशन दिएको भन्दै अब प्राधिकरण एक्सनमा नै उत्रने अध्यक्ष सिलवालको भनाइ छ ।
२०४९ सालमा स्थापना भएको बीमा समिति नयाँ बीमा ऐन आएसँगै ३० वर्षपछि बीमा प्राधिकरणमा रुपान्तरण समेत भएको छ ।








