‘ग्राहकको सन्तुष्टि नै सीजी ग्रुपको लक्ष्य’ (भिडियो सहित)

1.6K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ मंसिर । सीजी ग्रुपका रिटेल सेल्स एण्ड अपरेशन म्यानेजर पुष्पराज बरालले आफूहरुले ग्राहकको सन्तुष्टिलाई ध्यान दिएर काम गरेको बताएका छन् । ग्राहकलाई सन्तुष्टि बनाउनका लागि अबलम्बन गर्नु पर्ने सबै उपायहरु अवलम्बन गरेको उनले बताएका हुन् ।

देशभर २१ वटा सोरुमबाट सेवा दिइरहेको सीजी ग्रुपले ग्राहकका लागि किस्ताबन्दीमा सामान दिनेदेखि लिएर गुणस्तरीय सामानहरु उपलब्ध गराइरहेको छ । किस्ताबन्दीमा सामान लिदा ग्राहकले थप शुल्क तिर्नु नपर्ने र आफूले चाहेको मूल्यको सामान लिन पाउने अवसरमा पनि सीजीले दिएको छ । यसका लागि ग्रुपले विभिन्न बैंकहरुसँग सम्झौता समेत गरेको छ ।

त्यसका लागि सीजीका देशभरका सोरुममा गएर यो सेवा उपभोग गर्न सकिने रिटेल सेल्स एण्ड अपरेशन म्यानेजर बरालको भनाइ छ । यसमा लाग्ने शुल्क समेत सीजी ग्रुप आफैले तिर्ने गरेको छ । यो सुविधा अन्तरगर्त सुरुमा कुनै पनि शुल्क नतिरेर पनि सामान लिन सकिने बरालको भनाइ छ । सीजीका सोरुममा जाँदा धेरै मूल्यका सामानदेखि कम मूल्यका सामानहरु समेत उपलब्ध गरेको उनले बताए ।

त्यसका साथै घरमा प्रयोग गरिरहेका सामानसँग एक्सचेञ्ज गर्न पनि सकिने भएकाले पनि ग्राहकहरुको रोजाइमा सीजी ग्रुपका उत्पादनहरु परिरहेका छन् । विभिन्न विकल्पका लागि पनि ग्राहकहरु सीजीका सोरुमहरुमा जानु उपयुक्त देखिन्छ ।

भिडियो


Krishi Bikas Bank
franklin 1200*150