कर्जा दुरुपयोग गर्नेहरु संस्था बन्द गर्नु पर्छ भन्दै हिडेका छन् : अध्यक्ष जोशी

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीले ऋणको सहि सदुपयोग नभएका कारण अहिलेको अवस्था आएको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष जोशीले कर्जाको सहि सदुपयोग नगरेका कारण अहिलेको अवस्था आएको बताएका हुन् ।

अहिले आन्दोलन भइरहेको छ । कर्जा लिएर जथाभावि गरेर अहिले तिर्ने बेलामा आन्दोलन गरेर संस्था बन्द गर्न खोजिएको उनको आराप छ । ‘कर्जा लिएर सहि ठाउँमा सदुपयोग नगर्ने । अनि अहिले आएर संस्था नै बन्द गर्छु भन्दै आन्दोलन गरेर हुन्छ ?’ उनले प्रश्न गरे । धेरै वित्तीय संस्थाबाट विनाधितो कर्जा लिएका व्यक्तिहरुले कर्जा मिनाह गर्ने भन्दै हिडिरेहेको उनले बताए । यो समग्र वित्तीय क्षेत्रका लागि नै ठूलो प्रहार भएको उनको भनाइ छ ।

लघुवित्तलमा देखिएका समस्यामा पुराना संस्थाभन्दा नयाँ संस्थामा समस्या उत्तपन्न भएको उनले बताए । संस्थामा पनि केही समस्या भएको स्वीकार गरेका जोशीले वित्तीय क्षेत्रमा रहेकाहरुलाई मोसो दलेर समस्या समाधान नहुने बताए । ‘यो लघुवित्तलबाट विना धितो लोन लिने र अनुत्पादक क्षेत्रमा लगानी गर्ने अनि एक संस्थाबाट लिएर अर्को संस्थाको ऋण तिर्ने कारणले ऋणीलाई समस्या भएको हो । तसर्थ हामीले लिएको ऋणको सहि सदुपयोग गर्नु पर्ने हुन्छ,’ जोशीले भने ।

आन्दोलन गरेर समस्याको समाधान नहुने उनको भनाइ थियो । ‘कुनै पनि समस्याको समाधानको उपाए भनेको छलफल हो । सडकमा आएर नारावाजी गर्दैमा समस्या समाधान हुदैन,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कसरी बचाएर राख्ने भनेर सरोकारवाला निकायहरुले समिति गठन गरी छलफल गर्ने भन्ने कुरा आउँदा आउँदै अराजकता फैलिएको र मोसो दल्नेहरुलाई संरक्षण गर्न हुदैन ।’

लघुवित्तमा देखिएको समस्या समाधानका लागि सरोकारवाला निकायहरु बसेर छलफल गर्नु पर्ने उनको भनाइ छ । समस्या भएका लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेपाल राष्ट्र बंैक, र लघुवित्त बंैकर संघले सहकार्य गरेर समस्याको समाधान खोज्नु पर्ने पनि उनले बताए ।

पुराना र पहिले नै निश्चित मापदण्डमा काम गरेका संस्थाहरुमा समस्या नआएको पनि उनको दाबी छ । नयाँ खुलेका संस्थाहरुले धेरै मात्रामा ऋण दिदा अहिलेको अवस्था आएको उनले बताए । सुरुमा राष्ट्र बैंकले सबैलाई अनुमति पत्र दिएको कारण पनि यो समस्या सिर्जना भएको होे । अहिले आर्थिक मन्दी नै समस्याको मुख्य कारण बनेको उनको भनाइ छ । ‘बिनाधितो कर्जा दिने हुँदा एउटै व्यक्तिले धेरै वित्तीय संस्थाहरुबाट कर्जा लिगेर कर्जाको सहि सदुपयोग नभएको परिणाम यो हो,’ उनले भने । नेपालीहरुमा कुनै पनि कुरा सहजै प्राप्त हुने भएपछि लिइहाल्ने बानी छ । जसको परिणाम अहिले देखिएको हो ।

आफूले जुन काम गर्नका लागि ऋण लिएको हो त्यो कामका लागि खर्च गरेकाहरुलाई समस्या नआएको उनको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150