गुराँस लघुवित्त ६० लाख भन्दा बढी नोक्सानीमा

1.57K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्त पहिलो तीन महिनामा ६० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ३१ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्षभने खुद नोक्सानीमा गएको हो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा २२१ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष ४९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ६० लाखभन्दा बढी सञ्चालन नोक्सानी व्यहोरेको हो । हाल कम्पनीको चुक्तापूँजी ९ करोड ७५ लाख रहेको छ भने जगेडा कोष रकम २ करोड ६७ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले यो त्रैमाससम्म ८२ करोड ७७ लाखभन्दा बढी कर्जा सापटी लिएको छ भने १ अर्ब २४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यो अवधिसम्म ३१ करोड १० लाखभन्दा बढी निक्षेप संकलन गरेको छ ।

गत वर्ष ३ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ९५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ दशमलव ४३ रहेको छ भने २४ दशमलव ७१ प्रतिशेयर घाटामा रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150