सप्तकोशी डेभलपमेण्ट बैंकले कमायो पहिलो तीन महिनामा १३ करोड ७ लाख
वि.सं.२०७९ कात्तिक २० आइतवार १६:४१
shares

काठमाडौं, २० कात्तिक । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले पहिलो त्रैमाससम्ममा १३ करोड ७ लाख नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा पनि ११ करोड १ लाख नोक्सानीमा थियो ।
यसरी हेर्दा कम्पनीको नोक्सानी गत आवको तुलनामा चालू आवमा बढेको छ । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफा १३ करोड ७ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा १३ दशमलव २८ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा ६ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर ५ करोड ४८ लाखमा सिमित भएको हो । कम्पनीको चुक्तापूँजी ८३ करोड ४३ लाख रहेको छ भने जगेडामा ११ करोड १९ लाख सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २६ करोड निक्षेप संकलन गरेर ४ अर्ब १८ करोड कर्जा लगानी गरेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १५ दशमलव ६८ ऋणात्मक रहेको छ ।








