पुँजी बजारको प्रतिनिधित्व गर्दै भरत रानाभाट महासंघमा उठ्ने

1.87K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ चैत । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उठ्ने भएका छन् । एसोसिएट केन्द्रीय सदस्यका लागि रानाभाटले उम्मेदवारी दिने भएका हुन् ।

स्टक ब्रोकर एसोसिएसन महासंघको वस्तुगत संघ हो भने अधिकांश ब्रोकर कम्पनीहरु महासंघको एसोसिएट सदस्यका रुपमा रहेका छन् । महासंघमा ब्रोकर कम्पनीहरु लामो समयसम्म रहे पनि अहिलेसम्म ब्रोकर कम्पनीहरुको सहभागिता महासंघको केन्द्रीय समितिमा छैन ।

रानाभाट पहिलो पटक ब्रोकर कम्पनीहरुकै प्रतिनिधित्व गर्दै महासंघमा उठ्ने भएका हुन् । यसका लागि एसोसिएसनले नै रानाभाटलाई आधिकारिक प्रतिनिधिको रुपमा उठाउने निर्णय समेत गरेको छ । रानाभाट उठ्ने भएपछि करिब डेढ दर्जन ब्रोकर कम्पनीहरुले एकै ठाउँ प्रोक्सी समेत संकलन गरेका छन् ।

कुन प्यानलबाट उठ्ने भन्ने विषयमा रानाभाटले निर्णय लिइसकेका भने छैनन् । रानाभाटले उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने चाहाना रहेको सुनाएका छन् । यद्यपि, यसको निर्णय भइसकेको छैन ।

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी नेपाल धितोपत्र बोर्डका सञ्चालक समेत हुन् । महासंघको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बने पनि अञ्जनले ब्रोकर कम्पनीहरुको हकहितका लागि काम नगरेको भन्दै ब्रोकर कम्पनीहरु रुष्ट छन् । यसकारण पनि ब्रोकर कम्पनीहरुको बहुसंख्यक भोट अञ्जनलाई नजाने देखिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150