क्यानका पूर्व अध्यक्ष ढकाल एफएनसीसीआईको एसोसिएट सदस्यको उम्मेदवार

2.35K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बिनोद ढकालले उम्मेदवारी दिने भएका छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका पूर्व अध्यक्ष समेत रहेका ढकालले एसोसिएट तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

महासंघको आगामी अधिवेशनबाट अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । अध्यक्ष बाहेकका पदमा भने निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु मध्ये उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठ एकै कित्तामा उभिएका छन् ।

यसबाहेक अञ्जन श्रेष्ठ र रामचन्द्र संघई पनि आकांक्षी छन् । महासंघको राजनीतिलाई नजिकबाट नियालिरहेका क्यान महासंघका पूर्व अध्यक्ष ढकालले उमेशलाल श्रेष्ठ समूहको प्यानलबाट एसोसिएसट सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् । महासंघमा आफू निर्वाचित भए निजी क्षेत्रको हकहितका लागि आफ्नो तर्फबाट पूरा इफोर्ट लगाएर काम गर्ने ढकालले बताए ।


Krishi Bikas Bank
franklin 1200*150