चौदण्डीगढीको शिक्षामा सुधार अभियान, मापदण्ड नपुगेका विद्यालय समायोजन

2.31K
shares
Krishi Bikas Bank

उदयपुर, ५ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिकाले शिक्षामा सुधार गर्ने अभियान सुरु गरेको छ । नगरपालिकाले शैक्षिक सुधार अभियान अन्तर्गत बिद्यालयको समायोजन तथा दर्वन्दी मिलान सुरु गरेको हो । गत चैत ४ गते नगर प्रमुख तथा नगर शिक्षा समितीका अध्यक्ष समेत रहेका कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितीको बैठकले दुई वटा माद्यामिक बिधालयलाई १–८ आधारभुत मा समायोजन गरेको हो ।

त्यस्तै ५ वटा १–८ कक्षासम्म संचालित आधारभुत विद्यालयलाई कक्षा १–५ सम्मका आधारभुत विद्यालयमा समायोजन गरेको छ । त्यस्तै ८ वटा १–५ सम्मका आधारभूत विद्यालयलाई १–३ मा समायोजन गरिएको छ । चौदण्डीगढी नगरपालिकाले जनसेवा आधारभुत विद्यालयलाई ECD मा समायोजन गरेको छ भने ३ वटा १–३ सम्मका आधारभुत विद्यालयलाई पनि ECD मा समायोजन गरेको छ ।

नगर शिक्षा समितीको बैठकले नगर भित्रका बिद्यालयको शैक्षिक गुणस्तर, सिकाइ उपलब्धी, शिक्षक दरवन्दी, विद्यार्थी संख्या, भौतिक पुर्वाधार समेतलाई मध्यनजर गरेर बिभिन्न बिद्यालयहरुलाई समायोजन गरिएको नगर प्रमुख कालुमान लामाले जानकरी दिए ।

माध्यामिक तहबाट तल्लो तहमा समायोजन भएका बिद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा ९ मा मात्र भर्ना बन्द गर्ने र कक्षा १० भने यथावतरुपमा संचालन गर्ने नगर शिक्षा शाखा प्रमुख रमेश्वर कुँवरले बताए । समायोजन भएका बिद्यालय मध्य माद्यामिक विद्यालयमा कुनै पनि स्थायी, आस्थायी करार वा राहत कुनै दरवन्दी नरहेको, तथा १–८ सम्म आधारभुत विद्यालयबाट समायोजन भइ आएका १० ओटा निम्न माध्यामिक दरवन्दी अन्य आवश्यक बिद्यालयमा आन्तरिक काज सरुवा समेत गरिएको छ ।

त्यस्तै कक्षा १–५ र कक्षा १–३ बाट ECD मा समायोजन हुँदा ९ विद्यालय बाट आएका २१ दरवन्दी समेत आन्तरिक काज सरुवा गरी आवश्यक विद्यालयमा समायोजन गरिएको नगरपालिकाले जनाएको छ । चौदण्डीगढी नगरपालिकामा शिक्षाको गुणस्तर, शैक्षिक मापदण्ड, विद्यार्थीको तुलनामा शिक्षक दरवन्दी लगायतका क्षेत्र अस्तब्यस्त रहेको भन्दै त्यसमा आमुल परिवर्तन गर्दै नगर भित्र शिक्षाको ज्योति फैल्याउने उदेश्य सहित विद्यालय तथा शिक्षक दरवन्दीको मिलान गरिएको नगरपालिकाका मेयर लामाको भनाइ छ । उनले आउदो शैक्षिक सत्र बाट जनप्रतिनिधी र सामुदायीक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पढाउनु पर्ने निर्णय गरिएको समेत जानकारी दिए ।


Krishi Bikas Bank
franklin 1200*150