माओवादी घटकलाई अध्यक्ष ओलीको कटाक्ष : बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने नै मानवअधिकारको कुरा गरेर थाक्दैनन्

1.35K
shares
Krishi Bikas Bank

काठमाडौं ,३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, नेपालको राजनीतिमा आफुले भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिएको भन्दै कटाक्ष गरेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा उनले माओवादी घटकहरुलाई लक्षित गर्दै बन्दुकमा खिया लागेको छैन भन्दै धम्काउने मान्छे नै मानव अधिकारका विषयमा कुरा गरेर नथाक्ने टिप्पणी गरेका हुन् । उनले भने ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह ! तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन ।’
अध्यक्ष ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गर्दै उनले नेपालमा राष्ट्र वा जनताको हक अधिकारका लागि लड्ने मानिस सधैँ अन्यायमा परेको बताए । ओलीले बुद्ध जन्मेको देशका जनताले कुनै पनि अवस्थामा मृत्युदण्डको पक्षमा जान नहुने समेत बताए ।

उनले भने ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन । तर कतिवटा देशहरूले त मृत्युदण्ड दिएको दिएकै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’


Krishi Bikas Bank
franklin 1200*150