आयुर्वेदीय उपचारमा गहनाको महत्व, कुन गहना कहाँ लगाउने ?

1.6K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । हामीहरु बिहान कलेज जान्थ्यौं । सबै साथीहरु जाडोमा बाक्लो बाक्लो ज्याकेट लगाएर आउँथ्यो । जाडो महिना नै भएपनि हामीलाई भने जाडोको अनुभव हुँदैनथ्यो । अरुले भन्ने गर्थे, अहिले जाडो छैन भनेर त्यत्तिके चिसोमा हिड्छौं, पछि वात रोगले समात्छ । त्यो कुरालाई हामीले वास्ता गरेनौ । पछि एकदिन गुरुदेवले ग्रहको यन्त्र लगाउनु पर्छ भन्नुभयो । मैले त्यस यन्त्रलाई चाँदीको सिक्रीमा लगाए ।

विस्तारै विस्तारै एक दुई महिना पछि मलाई अलि कमजोर भएजस्तो महसुस भयो । जाडो महिना पनि आयो । जाडोमा पहिले जस्तो जाडो नलाग्ने तर त्यस वर्ष भने अति नै जाडो महसुस भयो । किन यस्तो विधि जाडो भएको होला भनेर सोचे । यस्तै क्रममा आयुर्वेद विशेषज्ञ निर्मल श्रेष्ठले भन्नुभयो– घाँटीमा चाँदीको सिक्रि लगायो भने शरीरमा चिसो घुस्छ, चिसो लागेपछि निको पार्न गाह्रो हुन्छ । तर के गर्नु फुकालु भने लगाइसकेको चीज कसरी फुकाल्नु, नफुकालु भने आफूलाई शरीरमा चिसो लागिसक्यो । त्यत्तिकैमा १० वर्ष वितिसक्यो । मेरो स्मरण शक्ति त पुरै गयो ।

एकदिन पुस्तक किन्न पुस्तक पसल पुगे । मैले घण्टौ लगाएर आफूलाई आवश्यक परेको पुस्तक खोजें । एउटा पुस्तकमा एकजना महात्माको लेख रहेछ । त्यो पढें । त्यसमा सोह्र सृङ्गारमा सुन र चाँदीको महत्व बारे उल्लेख गरेको रहेछ । मलाई त्यो लेखले असाध्यै छोयो । नछुने पनि किन ? आफूलाई त्यो चीजले धेरै समस्या दिइसको थियो ।

अब प्रसङ्ग तिर लागौं । गहना भन्ने वित्तकै सबैको मनमा यो विचार उठ्न सक्छ । यसले हामीलाई सौन्दर्यता प्रदान गर्दछ । तर यति मात्र यसको काम होइन । यसको सही पहिरनले हामीलाई विभिन्न रोगबाट बचाउँछ । त्यसैले नै होला सनातन देखिनै ऋषिमुनिहरुले यसको रहस्यलाई बुझेर गहना लगाउने परम्परा बसालेको हुनुपर्छ । त्यसैले गहना लगाउनुको आफ्नै छुट्टै महत्व छ । किनभने गहना लगाउने भन्ने वित्तिकै हाम्रो मन अति प्रसन्न भएर छुट्टै आनन्दको अनुभव हुन्छ ।

गहना प्रायः सुन र चाँदीको लगाइन्छ । आयुर्वेद विशेषज्ञ ज्ञानमणि शाहका अनुसार अरु धातुहरुमा भन्दा सुन र चाँदीको लगाउनुको कारण सुन बढी गर्मी प्रकृतिको हुन्छ भने चाँदी शीतल प्रकृतिको हुन्छ । विरामी भएर धेरै कमजोर भएको मान्छेलाई सुवर्ण भष्म खान दिने हो भने शरीरमा तापको मात्रा बढी भएर ताकत आउँछ । त्यस्तै गर्मीको मात्रा बढेर सहनै नसक्ने भएपछि चाँदी भष्म दिइन्छ । यसले शरीरमा शितलता प्रदान गर्दछ ।

कहिलकाही गर्मी मौसममा हामीलाई गर्मी भएर सहनै नसक्ने भयो भने मुखमा चाँदी राखेमा एकछिनमै शीतल हुँदैजान्छ । यदि त्यसबेला थाहा नभएर सुन मुखमा राखियो भने गर्मी अझ बढी भएर बेहोस समेत हुनेछ ।

हामीहरु गहना लगाउँदा टाउकोमा सुनको र खुट्टामा चाँदीको गहना लगाउनुपर्छ । यस्तो गर्दा सुनबाट उत्पन्न हुने गर्मी खुट्टामा जान्छ र चाँदीबाट उत्पन्न हुने शीतलता टाउकोमा जान्छ र शरीरमा सन्तुलन हुन्छ । यति महत्वपूर्ण कुरा थाहा पाउनु पनि अति आवश्यक छ ।

महिलाहरुलाई बच्चा जन्माउने ठूलो अभिभारा छ । यही जिम्मेवारी पूरा गर्न सक्ने क्षमतावान बनाउन नै पूर्खाहरुले महिलाहरुलाई गहना लगाउनुपर्ने प्रायः अनिवार्य जस्तै बनाइदिएको छ । यसरी गहना लगाउँदा उहाँहरुलाई आवश्यक पर्ने उर्जा आउँछ । उहाँहरुले टाउकोमा चाँदीको र खुट्टामा सुनको गहना लगायो भने पागल अर्थात दिमाग ठेगानमा हुँदैन । अनेक रोगको शिकार हुनुपर्ने हुन्छ । त्यसैले बिर्सेर पनि टाउकोमा चाँदी र खुट्टामा सुनको गहना लागउनु हुँदैन् । सुनको गहना टाउकोमा र खुट्टामा चाँदीको गहना लगाएर नै स्वास्थ्य र निरोगी हुन्छ ।

घरानिया परिवारका महिलाहरु सुनको मात्र गहना बढी लगाउँछन् । चाँदीको गहना लगाउन मन नपराउने भएकोले उहाँहरु सधैं रोगको शिकार भैरहेका हुन्छन् । विद्युतीय विज्ञान धेरै खतरनाक छ । हामीले ऋणात्मक र धनात्मकलाई राम्ररी मिलाएर चलाउन सकियो भने यसले राम्रै उर्जा दिन्छ । यदि कही कतै बिग्रेर ऋणात्मक र धनात्मक एकै ठाउँमा मिल्यो भने पड्केर हानी नोक्सानी हुन्छ ।

त्यस्तै गरी हामीले सुन र चाँदी मिसायो भने अर्कै विद्युत उत्पन्न हुन्छ । त्यसैले हामीलाई थाहा छ एकैपटक सर्दी र गर्मी मिल्यो भने तूफान आउँछ । त्यसैले हामीले गहना बनाउने सुन चाँदीमा, तामा, पित्तल मिसाउनु हुँदैन । गहना बनाउँदा गहनाको पेज पनि अर्को धातुको बनाउनु हुँहैन । जुन धातुको गहना बनाउने हो त्यही धातुको नै पेज बनाउनु पर्छ ।

हाम्रो दिमागमा राम्ररी उर्जा प्रवाहित गराउने हो भने दुइटै कानमा प्वाल छेडेर सुनको गहना लगाउनुपर्छ । यसरी कानमा सुनको गहना लगाउँदा महिलाहरुको मासिक धर्म सम्बन्धी अनियमितता ठीक हुन्छ । पायल्स, हर्निया समेत ठीक हुन्छ । गहना प्रायः महिलाहरुले मात्र लगाउने हुनाले हर्निया पुरुषको तुलनामा महिलाहरुलाई नलाग्ने हुन्छ । नाकमा सुनको गहना लगाउने हो भने नाकको समस्या हुँदैन, शरीरमा चिसो भएर खोकी लाग्दैन । खुट्टाको औंलामा चाँदीको औँठी, खुट्टामा चाँदीको पाउजु लगाउने हो भने जिउ दुख्ने, कम्मर दुख्ने, घुडा दुख्ने हुँदैन । त्यतिमात्र होइन रगत सफा भएर विचार पनि राम्रो हुन्छ । पिसाबको समस्या पनि हुँदैन ।

ऋषिमुनिहरुले यही कुरा थाहा पाएर नै सोह्र सृङ्गारको चर्चा गरिराखेको हुनुपर्छ । त्यसैले नै होला आफ्ना छोरा वा छोरी जुनसुकै होस् दुइटै कान छेडेर सुनको गहना लगाइदिने चलन चलेको । यसरी कानमा सुनको गहना लगाइदिनाले बच्चाहरुलाई धेरै रोगबाट बचाउन सकिन्छ । जस्तैः कब्जियत हुने, बेर्नु निस्कने, निमोनिया हुने, अण्डकोष बढ्ने आदिमा पनि फाइदा हुन्छ, बच्चाहरु पनि निरोगी हुन्छ ।


Krishi Bikas Bank
franklin 1200*150