आईपीओ जारी गर्दै सगरमाथा जलविद्युत कम्पनी

1.34K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत आयोजना आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीका र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बाँडफाँट गरे पश्चात सर्वसकाधारणका लागि चैत ८ गेतदेखि आईपीओ खुल्ला गर्न लागेको हो ।

कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सार्वजनिक निष्काशनका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८०० कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता शेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा चैत १२ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आश्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150